कुनै एकान्त कुनामा

निसन्तान दम्पती झैँ 

कुकुर ,बिरालो मरे झैँ 

हामी 

एकदिन मर्नै पर्छ ।

म अभागीको

दाहिने छातीमा  गोली लाग्यो 

म बाँचे !

मलाई  कस्ले सम्झन्छ

कस्ले पुज्छ ।

जनमानसको विचमा

देश,माटो ,जन्मभूमि पुकार गर्दागर्दै

देब्रे छातीमा 

बर्बरता र क्रुरताको गोली लागेर

ए!माते तिम्रो छोरो

 सहिद भयो ।


रिजाल विनोद