विराटनगर।काठमाडौँ, गोकर्णेश्वर\७ शिवचोकमा घरभित्रै खाना खाइरहेकी एक महिलामाथि चार जनाको समूहले खुकुरी प्रहार गरेका छन्। आक्रमणकारीहरूले खुकुरी प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार, पीडित महिला आफ्नो घरभित्र परिवारसँग खाना खाइरहेकी बेलामा चार जनाको समूह अचानक पसेर आक्रमण गरेको हो।कस्ले र किन भन्ने कुरा खुल्न सकेको छैन।गुन्डा जस्तै देखिने आतंककारीले एक्कासि खुकुरी चलाएको स्थानीयवासि र परिवारले जनाएका छन्। उनलाई तत्काल अस्पताल पुर्याएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।थप विवरण आउन बाकी छ।




















