विराटनगर । भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा हालै भएको आन्दोलनमा निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीपप्रज्वलन गरिएको छ।  तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्तगर्दै  घाइते प्रति शीघ्र स्वास्थ्यलाभको कामना पनि गरियो। विराटनगरको महेन्द्र चोकमा दीपप्रज्वलन गरिएको थियो।

विराट साहित्य संगमको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबै साहित्यकारहरुले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका  थिए।भने दीपप्रज्वलन कार्यक्रममा मधु पोखरेल, दिनेश श्रेष्ठ, रामबाबु दाहाल, गोपाल निर्भीक, भवानी पोखरेल, कविता केसरी, प्रिन्स प्रमोद ढकाल, बाबुराम पोखरेल, नानुमैया दाहाल, पुष्पा सायरा, स्वयम्भूनाथ कार्की, भूपाल अधिकारी, ऋषि तिवारी, डोमी कामतलगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो।