काठमाडौं : जेनजी सहिदहरूको शवयात्रा गरिएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरबाट शव यात्रा सुरू भएको हो।  चक्रपथ,चाबहिल हुँदै पशुपति आर्यघाटमा पुगेपछि सहिदहरूको पार्थिव शरीरको अन्तिम दाहासंस्कार गरिँदै छ।

शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन्।

जेनजी समूहको आन्दोलनका क्रममा भदौ २३ र २४ गते ज्यान गुमाएका सहिदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी गरेको छ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झन्डा ओढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । यसैगरी सरकारले  आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ।