विराटनगर । जेनजेडी समूहको उग्र प्रदर्शनका क्रममा देशभरका भाटभटेनी सुपरमार्केटभित्र ११ जना जलेका छन् । प्रदर्शनका क्रममा धरानस्थित भाटभटेनीमा भएको आगजनीमा ४ जना, काठमाडौंको चुच्चेपाटीमा ६ जना र विराटनगरमा एकजनाको शव भेटिएको हो ।
पछिल्लो पटक विराटनगरस्थित भाटभटेनी सुपरमार्केटभित्र समेत एक जना व्यक्तिको कंकाल भेटिएको जनाइएको छ ।
भाटभटेनीको इलेक्ट्रोनिक्स विभाग रहेको दोस्रो तल्लामा उक्त कंकाल भेटिएको हो ।




















