विराटनगर ।काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। आइतबार लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री कार्कीले शहीदको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

प्रधानमन्त्री भएपछि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परालाई उनले निरन्तरता दिएकी छन्।