विराटनगर ।चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति भएकोमा सुशीला कार्कीलाई बधाइ दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले अन्तरिम प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाइ दिएका हुन्।
पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ताले टिप्पणी गर्दै भने, हामी नेपालसँग मिलेर पाँच सिद्धान्तको शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य बढाउने र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने तत्परता व्यक्त गर्दछौँ।
प्रवक्ताले चीन–नेपालको मित्रता पुरानो र दृढ रहेको बताएका छन्।




















