विराटनगर ।काठमाडौं ,सुशीला कार्की  संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।

संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुने भएको छ।

शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्ने भएकी छन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।