विराटनगर । मोरङमा भोली शुक्रबार पनि कर्फ्यू आदेशलाई निरन्तरता दिइएको छ । तर दिनभरीको समयमा अवस्थालाई सामान्य बनाउन निषेधाज्ञा मात्रै कायम रहने जनाइएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज विहान ६ बजेदेखि कर्फ्यू हटाइएको छ । तर निषेधाज्ञा भने निरन्तर रहेको छ ।
अवस्था सामान्य नहुन्जेलसम्म आज साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म भने कर्फ्यू निरन्तर रहने यादवले जानकारी दिए ।




















