सही निर्णय गर,सल्लाह सुझाव लेऊ,संविधान सम्मत काम गर्नुपर्छ,गणतन्त्रको विकल्प केही हुन सक्दैन ,गणतन्त्रको विकल्प गणतन्त्र नै हो,होस्  गर नानीहरू ! तिमीहरूलाई मोहरा बनाइदै छ। तिमीहरूका कलिला साथीहरूको रगत त्यसै बगेको हैन ।धेरै ठूलो जिम्मेवारी तिमीहरूको काधमा छ।

तिमीहरूको राष्ट्रवादलाई उच्च सम्मान !!

 सजग बन आवेगमा नआऊ!! 

राष्ट्रपति भूमिका विहिन,नेपाली सेनाको गतिविधि , नेपाली मामिलामा विदेशी हस्तक्षेप ,नेपाली भूमिमा विदेशी सेना परेड खेलेको हेर्न सकिन्न!

 देशको पछिल्लो घटनाक्रमले निकै पाठ सिकाएको छ। 

प्लिज जेन्जी भाइबहिनीहरू सचेत बन ।एउटा निष्कर्षमा पुगेर फर्क !तिमीहरूको आन्दोलनको मर्म र धर्म विपरीत मौकामा चौका हानेर तिमीहरूलाई नै मोहरा बनाएर देश नै तहसनहस बनाउने खेलमा लाग्ने खेलाडीहरूलाई नाङ्गेझार बनाउने अभियानमा लाग्नुपर्छ !कानुनको दायरामा ल्याउनु पर्छ । देश बनाउनु पर्छ नयाँ शीराबाट उठ्नु पर्छ। 

नत्र तिमीहरूलाई अनि तिमीहरूका गुरु हामीहरूलाई समेत इतिहासले धिक्कार्ने छ।

रिता पाठक 

विराटनगर