विराटनगर । जेन जि पुस्ताले सञ्चालन गरेको आन्दोलन उग्र बन्दै जाँदा विराटनगरका विभिन्न सरकारी संरचना तोडफोड र आगजनीबाट ध्वस्त भएका छन्।
मंगलबार राति भएको घटनामा जिल्ला अदालत विराटनगर, सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, महानगरपालिका भवन, राजेश्वो कर कार्यालयलगायतका सरकारी संरचनामा प्रदर्शनकारीहरूले तोडफोड गरी आगजनी गरेका छन्।
कार्यालयभित्रका फर्निचर, कागजात तथा महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन्। सडकमा सवारीसाधनहरू जलाइएका छन् भने ढुंगा, इँटा र सिसाका टुक्रा यत्रतत्र देख्न सकिन्छ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेना सुरक्षाका लागि खटिएका छन् । रातिदेखि नै कफ्र्यु आदेश जारी गरिएको छ र स्थानीयलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ। खुलेका पसल तथा होटलहरू समेत बन्द गराइएको छ।
आन्दोलनका कारण विराटनगरको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ।




















