विराटनगर । विराटनगरस्थित भाटभटेनी अगाडि सेनाकोसुरक्षा सुरु भएको छ। अराजक समुहबाट तोडफोड र अराजक नरोकिएपछी नेपाली सेनाको सुरक्षा परिचालन भएको हो।
जेनजी समुहको प्रदर्शनमा मौकाको फाइदा उठाएर समावेश भएका अराजक समुहले लुटपाट गरेपछि केहिबेर अघिबाट त्यहाँ सेना पुगेर सुरक्षा दिन सुरु गरेको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आजै राती १० बजेदेखि सुरक्षाका लागि परिचालन हुने सन्देश दिइसकेका छन् ।




















