विराटनगर । प्रदर्शनकारीले नेकपा एमाले मोरङको पार्टी कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

विराटनगर–१२ पाञ्चालीस्थित एमालेको प्रदेश र मोरङ जिल्ला कार्यालय सँगै रहेको छ ।

पार्टी कार्यालयमा प्रवेश गरेका प्रदर्शनकारीले कार्यालयभित्र रहेका फर्निचर बाहिर निकालेर आगजनी गरेका छन् ।भित्र पसेर आगो लगाएका छन्।