विराटनगर । जेनजी प्रदर्शनकारीहरुले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगजनी गरेका छन् । उग्र प्रदर्शन गर्दै प्रहरी घेरा तोडेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन् । 

प्रदर्शनकारीहरुले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार  मिश्रले इटहरी उपमहानगर क्षेत्रभरी कफ्र्यु लगाएका हुन् ।