विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला गैरआवासीय नेपाली संघ अष्ट्रेलिया लगायत विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन काठमाडौँ हुँदै अष्ट्रेलिया प्रस्थान गर्नेभएको छ ।

मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतले मंगलबार विराटनगरमा विदाई गरेका थिए ।

अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ स्थित अनाथाआश्रम सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्  ।