धनकुटा । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङ र महिला उद्यम समिति मोरङको संयुक्त बैठक कोशी प्रदेशको पर्यटकीय स्थल नाम्जे, धनकुटामा भदौ १३ र १४ गते सम्पन्न भएको छ।

महासङ्घको यस बैठकले लघु, घरेलु तथा साना उद्यमीहरूको हितका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा “मोरङ घरेलु तथा साना उद्योग सङ्घ २०८२” को विधान मसौदा सम्बन्धी छलफल तथा निर्णयसँगै, जिल्ला शाखालाई स्वेत संघमा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। साथै, आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन पनि अनुमोदन गरिएको छ।

महासङ्घका सल्लाहकार डा. मोहन सुवेदीको प्रमुख उपस्थितिमा सम्पन्न बैठकमा सल्लाहकार जय कमल अग्रवाल, महासङ्घ र महिला उद्यम समितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। दुई दिनसम्म चलेको बैठकमा आठवटा एजेन्डामाथि गहन छलफल गरी निर्णय गरिएको हो।

बैठकका लागि आंशिक प्रायोजन गर्ने ओमकार थापा र तौसिफ कमाललाई महासङ्घले आभार प्रकट गरेको छ।