विराटनगर। भदौ १४ । विराटनगर–३ स्थित कन्यमार्ग टोल विकास संस्थाको दोस्रो साधारणसभा आज सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष निर्मला नेपालको अध्यक्षतामा सम्पन्न साधारणसभामा वडा नं. ३ का अध्यक्ष बासु बहादुर बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले टोलको विकास, सहकार्य र सामाजिक एकताका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

सो अवसरमा टोलका ज्येष्ठ नागरिक नवराज घिमिरे र पदम कुमारी दाहाललाई सम्मान गरिएको थियो। ७४ घरधुरी समेटेर गठित कन्यमार्ग टोल विकास संस्था स्थापना कालदेखि नै टोलको सामाजिक तथा भौतिक विकासका लागि विभिन्न गतिविधि गर्दै आएको छ।Messenger_creation_4661EFF8-B398-49BA-AFF2-00D811C17A30