लडेका छन् खान नपाइ , धनले तिमी छौ कहाँ

आर्तनाद गरे दुखी , मनले तिमी छौ कहाँ

अधिकार छ तिमीमा दुर्भाग्य भयो भन्दछन्

धिक्कार पछुतो मान्छन् , जनले तिमी छौ कहाँ 

पालै पालो तिमी गर्छौ , अपराध दैनिकी भयो

जागे जन्ता अब हान्छन् ,घनले तिमी छौ कहाँ

तिम्रो पार्टी अनि नेता , गनाए सब भन्दछन्

आफैंलाई भारी बन्ला , तनले तिमी छौ कहाँ

अन्त: प्राण कतै जाला , मलामी पाउछौ कति

दाउरा पनि दिने छैन , बनले तिमी छौ कहाँ 

चिरञ्जीवी काफ्ले / रंगेली ९ दोहमना , मोरंग 

गजल  ७