रात छिप्पिंदै जाँदा
यादको हुरी चल्छ मनमा..
आमाहरूले छोडेर एक्लिएको मन
आमाहरूकै यादमा बटारिइ रहन्छ।
हो आज मध्यरातमा जन्मिएको म....
हो यो लोकमा पहिलो पटक मान्छे भएको दिन म..
मेरो लागि अमर इतिहांस
मेरो लागि सबैभन्दा महान दिन...
समय र भाग्यले दिएको त्यो रात
आमाको कोखबाट काखमा बितेको रात
जीवनमै पहिलो पटक चुसेको स्तन...
पहिलो पटक स्पर्श गरेको हृदय ..
सबै सबै ...
सबै सबै ...
आफ्नै हातले आगो लगाएको छु मैले
आफ्नो खुसी आफैं उडाएको छु मैले
मलाई आज मेरो जन्मदिन लाई
आमा प्रति समर्पित गर्न मन छ ।
म मेरो सबैभन्दा ठूलो खुसीलाई
बुबा प्रति सम्मान गर्न मन छ ।
मेरो जन्मदिन बुबा आमा प्रति आरधना।
मेरो जन्म दिन दिदी र परिवार प्रति समर्पित ।
मेरो जन्मदिन मेरा सबै आफ्नाहरू प्रति सम्मान ।
मेरो जन्मदिन समय र प्रकृति प्रति समर्पण...।
ईन्द्र न्यौपाने
विराटनगर




















