उड्ने सफरमा छ यात्री , डगर पर्खिरहेछ !!

फगत कोही यसरी, जीवनभर पर्खिरहेछ !!


कसैकी भैसकी प्रेमीका,चिठ्ठी सहिद भैसक्यो,

एउटा  पागल प्रेमी  अझै  , उत्तर  पर्खिरहेछ  !!


कतै माया कतै स्वार्थ देखिन्छ,पर्खाइमा पनि

देश पर्खिन्छ रेमिट्यान्स,घरले खबर पर्खिरहेछ !!


चाँद जस्तै लाग्छ भनि,एकोहोरो हेरेको सम्झिन्छुँ 

यो अनुहार आज पनि , तिनै नजर पर्खिरहेछ !!


समय घुमिरहन्छ यति भन्नु छ,देखेर हाँस्नेलाई 

अत्तालिएको छैन  जिन्दगी, अवसर पर्खिरहेछ !!


अन्जु "अश्रु "