निस्संदेह चुपचाप
गुडिरहेको छ जीवन
हावासगैँ
सुनसान रातमा यसरी
तपतप खसेका मोती जस्तै
पानीका कणहरूमा
तैरिएर सयर गर्दैछन्
नागबेली सपनाहरू
हेर्दै अँध्यारोको इन्द्रेणी
पुग्नु छ बिहानीको
झुल्के घामसगैँ
संभावनाको सहरमा
र सुरु गर्नुछ
जीवनको अर्को यात्रा
जहाँ फूलहरू मुस्कुराउँछन्
र सिकाउँछन् जीवन मुस्कुराउँन।
✍️ नवशिला ।
बरमझिया, सप्तरी।




















