राख्न सक्नुपर्छ अब  हात हातमा जिन्दगी

प्रेम मिसाएर  हरदम बात बातमा जिन्दगी।


कहिलेकाहीँ हार हुँदा असफलता भन्नेहरू

खोजी गर  पाउनेछौ  फूलपातमा  जिन्दगी।


भोका नाङ्गा गरिब  र  दुःखीहरू बाँचेजस्तै 

हामी पनि बाँच्नुपर्छ कालो रातमा जिन्दगी।


रगत अनि पसिनाको रङ्ग सबको उस्तै हुन्छ

बनाउँदैमा सानो ठूलो हुन्न जातमा जिन्दगी।


तेरो  मेरो  भन्दाभन्दै  सबै  छाडी  जानुपर्छ

बाँच्नुपर्छ  यसरी  नै  मुलाकातमा  जिन्दगी।


✍ नवशिला 

बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ।