विराटनगर । मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेकी महिला कैदी मृत अवस्थामा फेला परेकी छिन्।
सुनसरी बराहक्षेत्र–६ की ३२ वर्षीया राधा भट्टराई बुधबार बिहान महिला सेलको शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएकी हुन्। कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएकी उनी २०८० माघ ५ देखि थुनामा रहेकी थिइन्।
भट्टराईले अघिल्लो वर्ष आफ्ना दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन्। सो क्रममा एक सन्तानको मृत्यु भएको थियो भने उनीविरुद्ध कर्तव्यज्यानको मुद्दा चलेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।




















