भकारीहरू

यहाँ प्रवेश पाउँदैनन्

किनभने,

तिनको आवश्यकता छैन 

यहाँ दाईँ नै हुँदैन, 

दराज र पलङहरू

यहाँ देखिँदैनन् 

किनभने,

तिनको पहुँच नै हुँदैन 

ठाउँ छैन 

सामर्थ्य पनि छैन,

यहाँ आआफ्ना 

काेठाहरू छ‌ैनन्

किनभने,

फराकिला छैनन् 

यिनका आयत र चतुष्काेणहरू

भान्सा त्यहीँ छ

ओछ्यानहरू त्यहीँ छन् 

लुगाफाटा, पाेकापुन्तुरा

नुन, तेल, बेसार,

पिठाे, दाल र चामल

सबै त्यहीँ अटाएका छन् 

यहाँ कृपया नसाेध्नुहाेला

वासरूम, बाथरूम, ट्वाइलेट

चर्पी छ अस्थायी 

कतै बाहिर

धारा अलिक पर छ

सार्वजनिक !


यो श्रमिकहरूकाे बस्ती हो 

यो मजदुरी गर्नेहरूकाे समुदाय हो 

अलि पर सहरकाे छेउमा 

कारखानामा 

सस्तोमा सीप बेच्नेहरू

बस्छन् यहाँ 

मालिक भनेर चिनिने

जमिनदारका खेतमा

निलाे पसिना पाेख्नेहरू पनि 

बस्छन् यहाँ 

इँट्टाभट्टीमा, 

भवन अनि सडक निर्माणमा,

यहीँबाट आपूर्ति हुन्छ 

उपयुक्त जनशक्ति 

सीप र पसिनाकाे

इमानदारी र स्वाभिमान 

यहाँका आत्माहरूकाे

राताे सान हो, सेताे पहिचान हो ।


यहाँ पनि 

मनाइन्छन् 

चाडपर्वहरू रमाएर

गाइन्छन्

सुमधुर लयमा

प्रीति, मुक्ति र श्रमका गीतहरू

भाका मिलाएर

किन्तु,

यहाँ जीवनका

अनेक जटिलता छन् 

अनि

सामना गर्ने कला छ

जब वर्षा आरम्भ हुन्छ 

त्रासका भूतहरू पस्छन् यहाँ 

पहाडतिर पहिरोका

मधेसतिर डुबानका

नदी छेउछाउतिर कटानका ।


समाजशास्त्रका

संवेदनशील 

विषय छन् यहाँ 

अनुसन्धानका लागि 

बुझ्न चाहनेहरूका लागि 

पठनीय पुस्तक हुन्

झुपडीहरूका बस्ती !!


गद्यकविता 

झुपडीहरूका बस्ती

              

भकारीहरू

यहाँ प्रवेश पाउँदैनन्

किनभने,

तिनको आवश्यकता छैन 

यहाँ दाईँ नै हुँदैन, 

दराज र पलङहरू

यहाँ देखिँदैनन् 

किनभने,

तिनको पहुँच नै हुँदैन 

ठाउँ छैन 

सामर्थ्य पनि छैन,

यहाँ आआफ्ना 

काेठाहरू छ‌ैनन्

किनभने,

फराकिला छैनन् 

यिनका आयत र चतुष्काेणहरू

भान्सा त्यहीँ छ

ओछ्यानहरू त्यहीँ छन् 

लुगाफाटा, पाेकापुन्तुरा

नुन, तेल, बेसार,

पिठाे, दाल र चामल

सबै त्यहीँ अटाएका छन् 

यहाँ कृपया नसाेध्नुहाेला

वासरूम, बाथरूम, ट्वाइलेट

चर्पी छ अस्थायी 

कतै बाहिर

धारा अलिक पर छ

सार्वजनिक !


यो श्रमिकहरूकाे बस्ती हो 

यो मजदुरी गर्नेहरूकाे समुदाय हो 

अलि पर सहरकाे छेउमा 

कारखानामा 

सस्तोमा सीप बेच्नेहरू

बस्छन् यहाँ 

मालिक भनेर चिनिने

जमिनदारका खेतमा

निलाे पसिना पाेख्नेहरू पनि 

बस्छन् यहाँ 

इँट्टाभट्टीमा, 

भवन अनि सडक निर्माणमा,

यहीँबाट आपूर्ति हुन्छ 

उपयुक्त जनशक्ति 

सीप र पसिनाकाे

इमानदारी र स्वाभिमान 

यहाँका आत्माहरूकाे

राताे सान हो, सेताे पहिचान हो ।


यहाँ पनि 

मनाइन्छन् 

चाडपर्वहरू रमाएर

गाइन्छन्

सुमधुर लयमा

प्रीति, मुक्ति र श्रमका गीतहरू

भाका मिलाएर

किन्तु,

यहाँ जीवनका

अनेक जटिलता छन् 

अनि

सामना गर्ने कला छ

जब वर्षा आरम्भ हुन्छ 

त्रासका भूतहरू पस्छन् यहाँ 

पहाडतिर पहिरोका

मधेसतिर डुबानका

नदी छेउछाउतिर कटानका ।


समाजशास्त्रका

संवेदनशील 

विषय छन् यहाँ 

अनुसन्धानका लागि 

बुझ्न चाहनेहरूका लागि 

पठनीय पुस्तक हुन्

झुपडीहरूका बस्ती !!


डा. घनश्याम परिश्रमी 

 हरितालिका / तीज