मन सुमन भए सवल मनभरी
अलमल भय काँछ मन बचन ली
हुरुरुरु जब ताप पर बलिरयो
मुसुमुसु मुसकान गहनतम यो।।१ ।।
सुलुलुलु बगदै जल जमिन उपर्
परपर उपरै सहज जनधनै
परिणति बुझहै मन बचन यतै
अलमल किनहुन्छ भगवन सगै ।।२ ।।
कलह सबछहै जमघट घरमा
उकुसमुकुस भो मनबचन यहाँ
मन झलल भयो गगन उधम यो
रहर जग सगै बचन उलघन भो ।।३ ।।
मधुवन घुमने मतलब त थियो
हुसुसुसु गरदै हिडछ पवन यो
तलतलतलजा भनिरहनु थियो
टप टप टपरी वुनछन त दिदै ।।४ ।।
डमरू बल्लब भण्डारी
सुनसरी बलाहा




















