विराटनगर । आज तीज पर्व। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर तीज मनाउने गर्दर्छन्।

पतिको लामो आयु र दिर्घायुका लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा प्रकट हुनेजस्तो भान हुने मान्यता रहि आएको छ।

हिजोको दरको भरमा आज दिनभरि निराहार र निर्जला व्रत बस्ने चलन परम्परा देखिनै चलिआएको छ। पार्वतीले शिवजी पति वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ। आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड लाग्ने गरेको छ।