मोरङ । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा सोमबार बिहान ग्यास सिलिन्डर पड्किँदा भीषण आगलागी भएर तीन वटा पसल पूर्णरूपमा नष्ट भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ६ बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा आगो फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागीबाट टीका खनालको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसल जलेर सम्पूर्ण रुपमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । ती पसलहरू टेकमान लिम्बूको जग्गा भाडामा लिएर सञ्चालनमा रहेका थिए ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ८ लाख बराबरको क्षति भएको छ । स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो ।




















