विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चारसम्बन्धी विधेयकविरुद्ध पत्रकारहरूले शुक्रबार प्रदेशसभा परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
संसदीय पत्रकारहरूले शान्तिपूर्ण धर्ना दिएको बेला नेपाल पत्रकार महासंघ कोसी प्रदेशका पत्रकारहरू माथी प्रहरी हातपात भएको थियो। पत्रकारबीच धकेलाधकेल र घम्साघम्सी समेत भएको छ ।
विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई हालै प्रदेशसभामा प्रस्तुत भएको हो । सो विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्तावित भएपछि पत्रकारहरू आन्दोलित बनेका हुन् ।
महासंघ कोसी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चार स्वतन्त्रतामाथि चोट पुर्याउने प्रावधान भएको भन्दै विधेयकप्रति तीव्र असहमति जनाएका छन्।




















