विराटनगर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन विराटनगर महानगर कमिटीद्वारा आयोजना गरिएको तीज विशेष कार्यक्रम २०८२ उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा सङ्गठन विराटनगर महानगर समितिका अध्यक्ष पुरुषोत्तम गुरागाईंले अध्यक्षता रहेको थियो । सो अवसरमा पूर्व इन्चार्ज धरमान्द खरेल विशिष्ट अतिथिका रुपमा उपस्थित  भएक थिए।भने जिल्ला समिति मोरङका अध्यक्ष बिन्दु लावती, कोषाध्यक्ष विनोद थापा, केन्द्रीय सदस्य तथा कार्यक्रमको प्रमुख अतिथि, रिता पाठक, महिला विभागकी अञ्जना कोइरालासहितका अतिथिहरू सहभागी  भएका थिए।वक्ताहरुले आअ अफ्नो मन्तव्यमा पहिलेको जस्तो नभएर अहिले आधुनिक भएको र महिलाहरुलाइ सहज भएको व्यक्त गर्दै शुभकामना दिएका थिए।

कार्यक्रममा उपस्थित महिलाहरूलाई श्रृङ्गारका सामानसहित अबिर लगाइदिएर पूर्व उपाध्यक्ष रिता पाठकले स्वागत गरेकी थिइन्  । त्यसपछि सुरु भएको तीजको सांगीतिक माहोलमा शिक्षकहरूले सामूहिक नृत्य र गीतमार्फत कार्यक्रमलाई अझै उत्साहपूर्ण बनाएका थिए ।

शिक्षक र प्राध्यापकहरूको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा तीजले ल्याउने खुशी र सामाजिक एकताको सन्देशलाई विशेष गरी जोड दिइएको थियो ।


20250821_17512620250821_17501720250821_17334420250821_173353