बटुलेर दुख बोकेको छु भारी
भयो जिन्दगी यो न वारि न पारि ।
थियो छाल ठुलो छेवैमा थिएँ म
हेरी परबाट गएछौ न तारी।
देखेर झरेको फूल झैँ मलाई
त्यसैले गएको होला माया मारी।
हक र आफ्नो अधिकार नबुझ्दा
आज निकै पछि परेकाछन् नारी।
भिजेको छ मेरो परेला उसै त
न आऊ नजिकै तिमी आँसु झारी।
सञ्जना शर्मा लमही दाङ
लुम्बिनी प्रदेश नेपाल




















