विराटनगर /पतन्जली योग विराटनगर महानगर समितिको बृहत भेलाले महानगर समिति पुरुष तर्फको  अध्यक्षमा माधव अधिकारीलाइ   निर्बिरोध चयन गरेको छ।

विहिवार विराटनगर ३ स्थित परोपकार सामुदायिक भवनमा भएको भेलाले महासचिवमा धन बहादुर बस्नेत ( डिबि) , संगठन सचिवमा चुडामणि घिमिरे (गोपाल) , कोषाध्यक्षमा शिवप्रसाद आचार्य , सचिव चक्रप्रसाद  लुँइटेल, मिडिया प्रभारीमा आकास अग्रवाल ,  प्रशिक्षण विभाग अध्यक्षमा तेजराज कोइराला र सदस्यहरुमा रामप्रसाद कोइराला , शिवराज शिवाकोटी ,लक्ष्मण  सोनी र राम नारायण चौधरी गरी हाललाई ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ। भेलाले उपाध्यक्ष र केही सदस्यहरु पछि थपगरी पूणता दिने सहमति गरेको छ ।


IMG-20250821-WA0002IMG-20250821-WA0002

जेष्ठ सदस्य योग शिक्षक प्रेम प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पतन्जली योग समिति मोरङ जिल्ला अध्यक्ष सुरेश कुमार अग्रवाल,महिला पतन्जली योग विराटनगर महानगर समिति अध्यक्ष कुमारी तामाङ , महासचिव दीपा बस्नेत , जिल्ला सचिव दामोदर पोखरेल , महानगर महिला सचिव यसोदा मैनाली , कोषाध्यक्ष  ज्ञानु न्यौपाने लगायतले वर्तमान परिस्थितिले गर्दा बृहत भेलाको आयोजना गर्नु परेको बताएका थिए।

नव निर्वाचित अध्यक्ष अधिकारीले कमिटीलाइ पूणता दिँदै सबैलाइ समेटेर अगाडि वढ्ने बताए ।