विराटनगर।रौतहट जिल्लाको गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतबाट जारी भएको परमादेशका विरुद्ध जनता समाजवादी पार्टी नेपाल मोरङले जनप्रदर्शनमा उत्रिएका छन् । जनता समाजवादी पार्टी नेपालका सयौँ नेता तथा कार्यकर्ताहरू जनप्रदर्शन कार्यक्रममा सहभागी भएर नाराबाजी गरिरहेका छन्।

२०६३ चैत ७ गते मधेस विद्रोहको दौरान रौतहटको गौरमा बेग्लाबेग्लै भेला गरेर कार्यक्रम गरिरहेका तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी नेता कार्यकर्ता बिच झडप भएको थियो । जुन झडपमा परेर नेकपा माओवादीका २७ जना लडाकु कार्यकर्ताको मृत्यु भएको थियो ।

जुन लडाकु कार्यकर्ता माओवादीले रौतहट बाहिरबाट ल्याएका थिए । त्यही गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतमा उजुरी परेको थियो । २०८२ भाद्र २ गते सर्वोच्च अदालतले परमादेश जारी गरेका छन् । जारी परमादेशप्रति ध्यानाकर्षण भएको जनाउँदै जनता साजवादी पार्टी नेपालले विरोध गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपाल प्रवक्ता मनिषकुमार सुमनले भाद्र ४ गते बुधबार विज्ञप्ति जारी गर्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल गौरकाण्डमा मुछिएको तर यतिखेर जनता समाजवादी पार्टी नेपाललाई लक्षित गरेर विभिन्न सञ्चार माध्यममा अध्यक्ष उपेन्द्र यादव माथि लान्छाना लगाएर सम्प्रेषण भइरहेको समाचारप्रति खेद व्यक्त गरेका छन् ।