विराटनगर । उच्च अदालत विराटनगरले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जना कोइरालालाई मोरङको उमा गौरी सहकारी संस्थामा भएको ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

जिल्ला अदालत मोरङले यसअघि कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। तर उच्च अदालत विराटनगरले सो आदेशलाई उल्टाउँदै धरौटी रकम बढाएर १ करोड रुपैयाँ तोकेको हो।

उक्त सहकारी संस्थामा २२ करोड रुपैयाँभन्दा बढीको ठगी भएको उजुरी परेपछि कोइरालाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।