विराटनगरमा।भएको सवारी दुर्घटनामा परेर थारू कला केन्द्रका सचिव पुष्प कुमार चौधरी “पुष्पे थारूको निधन भएको छ ।

बुधबार बेलुका ८.२० बजेको समयमा विराटनगर महानगरपालिका  ४ दुधफारम स्थित कोशी राजमार्गमा भएको दुर्घटनामा उनको निधन भएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई रोकी चेक जाँच गर्ने क्रममा दुर्घटना भएको थियोे ।सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको मोटरसाइकल अनियन्त्रित भई उक्त मिनी ट्र्कको पछाडि ठक्कर दिई दुर्घटना हुँदा  चालक बर्जु गाउँपालिका ६ बस्ने २८ वर्षीय  चौधरी घाइते भएका थिए ।