विराटनगर । विराटनगर महानगरपालिकाले प्रकाशित गरेको २०८२ सालको शैक्षिक कार्यतालिकामा हरितालिका (तीज), ऋषि पञ्चमी र जितिया पर्वलाई वर्षे बिदाबाट कटौती गरिएको छ।त्यही समस्यालाइ लिएर महिला शिक्षकहरूले तीव्र आपत्ति जनाएका छन् ।

नेपाल सरकारले अनुमोदन गरिसकेको महिलाको सांस्कृतिक अधिकारसम्बन्धी महासन्धिलाई अवमूल्यन गर्दै बिदा कटौती गरिएको, साथै घटस्थापना पछिका चार दिनसम्म पनि पठनपाठन गर्नुपर्ने उल्लेख गरिएको विषयप्रति घोर असहमति रहेको उनीहरूले बताएका छन् ।

शिक्षा नियमावली २०५९ को नियम ८५ अनुसार वर्षे बिदा ४५ दिन तोकिएको भए पनि उक्त बिदा कटौती गरिएको, स्थानीय बिदा सम्बन्धी प्रावधानलाई कार्यतालिकामा समावेश नगरिएको र चैत्रमा हुने अन्तिम परीक्षाको स्पष्ट व्यवस्था बिना मात्र २५ दिन पढाइ हुने भनी उल्लेख गरिएको विषयलाई शिक्षकहरूले आपत्तिजनक बताएका छन् ।

महानगर जस्तो नियमनकारी निकायले तयार गरेको कार्यतालिकामा यति गम्भीर त्रुटि हुनु लज्जा र अपमानको विषय भएको भन्दै महिला शिक्षकहरूले तुरुन्त सच्याउन माग गरेका छन् ।

यसै सन्दर्भमा, विराटनगरभित्रका २२६ जना महिला शिक्षकहरूको हस्ताक्षरसहित महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतलाई आज ज्ञापनपत्र बुझाइएको छ ।

यसै सन्दर्भमा, विराटनगरभित्रका २२६ जना महिला शिक्षकहरूको हस्ताक्षरसहित नेपाल शिक्षक सङ्घ राष्ट्रिय समितिका महासचिव अर्थ निर्मला कोइरालाको नेतृत्वमा गएको महिला शिक्षकको टोलीले महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतलाई आज ज्ञापनपत्र बुझाइएको छ ।