म मेरा 

मनभित्रका 

आर्तनादहरूलाई

मनभित्रै सजाएर राख्न सकूँ

जस्को बाहिरी दुनियाँसँग

कुनै सरोकार नहोस्

वा मेरा यी आर्तनादहरू

कसैको हाँसोको पात्र

नबनुन्,

जस्ले मलाई अझै 

संघर्षरत बन्न हौशला 

दिएको छ,

जस्को काँधमा मेरा

सुस्केरा र रुवाईहरू

अढेसिएर मलाई अझ

जीवन जिउने कला 

सिकाएको छ।

प्रभा आचार्य