विराटनगर।विराटनगरमा निस्किएको राधाकृष्ण रथयात्रामा मानवसागर उर्लिएको छ । विराटनगर १ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्कनु अघि नै सयौं झाँकीले ढाकिएको विराटनगरको सडक यतिबेला रथयात्राको उमंगमा छ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो रथ तीन बजेपछि मन्दिर परिसरबाट निस्केको थियो। तर, त्यसअघिदेखि नै सडकमा झाँकी प्रदर्शन, भजन प्रस्तुती लगायतका समूहको बाक्लो उपस्थिति भइसकेको थियो। आज निस्केको रथयात्रा ५८ औं संस्करणको हो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रामा मोरङ, सुनसरी,सीमावर्ती भारतीय राज्य बिहारबाट पनि हजारौं श्रद्धालु सहभागी हुने गरेका छन् ।

विराटनगरमा पहिलोपटक राधाकृष्ण रथयात्रा विक्रम संवत १९८८ मा सुरु भएको थियो ।