विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने राधाकृष्ण रथयात्रामा पुष्पवृष्टि गर्ने भएका छन्।

राधाकृष्ण मन्दिरमा रथयात्राको तयारीबारे जानकारी लिन पुगेका मुख्यमन्त्री कार्कीले यस उत्सवलाई भव्य र सभ्य रूपमा मनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।

नयाँ स्वरूपमा निर्माण गरिएको रथको अवलोकन गर्दै, पुरानो रथलाई मन्दिर परिसरमै संरक्षण गरि राख्न समेत आग्रह गरेका छन् ।