विराटनगर।इटहरी ,राष्ट्रिय गीत ,सयौं थुँगा फूलका, का सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को नाममा आफूलाई सक्कली सर्जक भनी चिनाउँदै ठगी गर्दै हिंड्ने मिलन राई बिहीबार इटहरीबाट पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिकाले दिएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले उनलाई उपमहानगर परिसरबाट नियन्त्रणमा लिएको हो । उदयपुरको बेल्टार घर भएका राई यसअघि पनि नक्कली व्याकुल माइला बनेर ठगी गरिरहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।