नक्कली व्याकुल माइला पक्राउ
- साउन २९, २०८२
- २५५ पटक पढिएको
विराटनगर।इटहरी ,राष्ट्रिय गीत ,सयौं थुँगा फूलका, का सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को नाममा आफूलाई सक्कली सर्जक भनी चिनाउँदै ठगी गर्दै हिंड्ने मिलन राई बिहीबार इटहरीबाट पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिकाले दिएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले उनलाई उपमहानगर परिसरबाट नियन्त्रणमा लिएको हो । उदयपुरको बेल्टार घर भएका राई यसअघि पनि नक्कली व्याकुल माइला बनेर ठगी गरिरहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।




















