विराटनगर।सुशिल कोइराला फाउण्डेशनले आयोजना गरेको तीज कार्यक्रम सम्पन्न भएको छ । सुशिल कोइराला प्रधानमन्त्री भएको बेला नेपालको संविधान २०७२ जारी भएको थियो ।

पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधन पछि  फाउण्डेशनले विभिन्न कार्यक्रम गर्दै आएको छ।सुशिल कोइराला फाउण्डेशनले विराटनगरको होटेल मनास्लु ईनमा आयोजना गरेको तीज कार्यक्रममा नेपाली कांग्रेसका १ हजार ५ सयभन्दा बढी महिलानेतृहरुको सहभागिता रहेको थियो ।

सुशिल कोइराला फाउण्डेशनका केन्द्रीय अध्यक्ष कांग्रेसनेतृ मृदुला कोइरालाको सभापतित्वमा आयोजित तीज कार्यक्रमको उद्घाटन समारोहमा सामाजिक अभियान्ता डा. मिनाक्षी नेपाल, कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।