विराटनगर।श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट भाद्र १ गते विराटनगरमा निकालिने ५८औं संस्करणको श्रीराधाकृष्ण रथ यात्राको लागि नयाँ रथको निर्माण कार्य पुरा भएको छ । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले ५८ वर्षपछि नयाँ रथको निर्माण गरेको हो।
नयाँ रथ निर्माणका लागि ४५ लाख भन्दा बढी रुपैयाँ खर्च भएको छ । नयाँ रथ निर्माणका लागि खर्च भएको सम्पूर्ण रकम
नयाँ रथको उचाई २१.३ फिट, लम्बाई १९ फिट र चौडाई १४ फिट रहेको छ । पहिलाको रथको उचाई १८ फिट, लम्बाई १६ फिट र चौडाई १२ फिट रहेको थियो । बन व्यवसायी एवं श्रीराधाकृष्ण रथयात्रा निर्माण समितिका सदस्य विराटनगर–४ निवासी कमलप्रसाद घिमिरेले ४ महिना समय लगाएर नयाँ रथ निर्माण गरेका हुन् ।
२०८२ बैशाख १४ गतेदेखि नयाँ रथको निर्माण कार्य सुरु भएर साउन २५ गते सकिएको थियो।




















