पाँच हाइकु
- साउन २७, २०८२
- २९५ पटक पढिएको
एक्लो यो मन
भौतारिएर सधैँ
तिमी नै खोज्छ।
१.
मन मन्दिर
यो हृदयमा हुन्छ
आस्थाको घर।
२.
दुई किनार
नछोई हरदम
बग्दो छ प्रेम।
३.
भरेर खुसी
यौवनका कोपिला
फक्री रहन्छन्।
४.
कालो पर्दामा
गुमनाम हुँदैछ
म भित्रको म।
५.
✍️ नवशिला ।




















