विराटनगर।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व,पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस ठोक्किको हो।
मृतकहरूको परिचय खुलिसकेको छैन। घाइतेहरूको इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




















