विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी विराटनगर,१४ निवासी ललित राजवंशीलाई मातृशोक परेको छ ।

ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार विहान निधन भएको हो ।

काठमाडौंमा रहेका ललित आमाको निधनको खबरपछि विराटनगर आइपुगेका छन् । 

मृतक शुभकुमारी देवीको अन्तिम संस्कार सिंघीया खोलामा धार्मिक परम्परा अनुसार आइतबार गरिंदैछ ।