विराटनगर। काठमाडौं,अन्तिम संस्कारका लागि लगिएको शवबाट हड्डी निकालेर बेचिएको छ। सुन्दा पनि डरलाग्दो लाग्ने घटना यही साउन २३ गते पशुपति आर्यघाटमा घटेको हो।
पशुपति आर्यघाटमा जलाउन लगिएको व्यक्तिको जल्दाजल्दै अवस्थामा खुट्टाको हड्डी निकालेर बिक्री भएको छ। शवबाट हड्डी निकालेर बेचेको आरोपमा प्रहरीले घाटे बाहुन गणेश ढकाललाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएका छन्।




















