विराटनगर।भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना सम्पर्कविहीन भएका छन्। गाउँपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरूसमेत हराएको हुन सक्ने जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ।गत साउन २० गते (५ अगष्ट २०२५) मा उत्तराखण्डको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा वर्षापछि आएको बाढी तथा पहिरोका कारण वडा नम्बर २ का करिब १३ जना र अन्य वडाका केही व्यक्तिहरू सम्पर्क बिहिन छन्।। हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएको छ।