विराटनगर।झापा,सुनसरी मोरङ  जिल्लामा सृंखलाबद्ध ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। कुल २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोह र चोरीको सामान किन्ने ६ जना गरी १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएका थिए। साउन ९ गते मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलमा चोरी गर्न गएका अर्जुनकुमार माझी पक्राउ परेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो।

पक्राउ परेका मुख्य अभियुक्तहरू: अर्जुनकुमार माझी (४२), ग्रामथान–४ इरज धामी (३१), ग्रामथान–५ अनुज विश्वास (३५), दुहबी–३ प्रयाग कुमार खाँ चौधरी (३९), दुहबी–२ अर्जुन चौधरी (२६), बेलबारी–४ रञ्जित तामाङ (२७), बेलबारी–३ आलम मिया (३४), भारत घर, दुहबी–४ मा बसोबास चोरीको सामान किनेको आरोपमा पक्राउ परेका: लक्ष्य प्रधान (५३), विराटनगर– कृष्णगोपाल ताम्राकार (६२), विराटनगर–६ योगेश अग्रवाल (३२), दुहबी–३ कपिल भट्ट (३१), दुहबी–२ सिताराम राई (३९), इटहरी–४

बरामद सामग्री: २२ थान डायल रेन्च ३ थान सलाई रेन्च ३ थान पिलास ३ थान पेचकस १ थान छिनो १ थान साङली १ थान कैची  ३ थान ह्याक्सो ब्लेड ६ वटा मोटरसाइकल

गिरोहले करिब २ करोड मूल्य बराबरका ट्रान्सफर्मरहरू चोरी गरेको मोरङ प्रहरीले जनाएको छ।