स्कुल जाने क्रममा पाँच दिनदेखि हराईरहेका दाजुबहिनी खोलामा मृत फेला
- साउन २०, २०८२
- २६७ पटक पढिएको
विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराईरहेका दाजु बहिनी मृत भेटिएका छन् । १० बर्षीय शिशिर राई र उनकी बैनी पाँच बर्षीया नानुमा राई मृत भेटिएका हुन् ।
शुक्रबार घरबाट विद्यालयका लागि हिंडेका उनीहरू बेपत्ता भएपछि खोजी तिब्र पारिएको थियो ।
दाजु बहिनीको शव मंगलबार विरुवा खोलाको छुट्टाछुट्टै स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




















