विराटनगर ।कोशी प्रदेश सरकारद्वारा बहुविवाहलाई कानुनी मान्यता दिने गरी ल्याउन लागिएको विधेयकको विरोधमा ज्ञापनपत्र बुझाउन पुगेका महिला नेतृहरूसँग मुख्यमन्त्री हिक्कतकुमार कार्कीले झर्कोफर्को गरेका छन्।
सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेससहित पाँच दलका महिला नेतृहरू मंगलबार मुख्यमन्त्रीको कार्यालयमा पुगेका थिए। नेकपा (माओवादी केन्द्र)की नेतृ लता न्यौपानेका अनुसार कार्कीले दिउँसो १२ बजे समय दिएका थिए। तर, नेतृहरू निर्धारित समयमा कार्यालय पुगेपनि मुख्यमन्त्री अनुपस्थित थिए। ‘उहाँलाई फोन गरेर बोलाउँदा झन्डै डेढ घण्टापछि आउनुभयो’, न्यौपानेले भनिन्, ‘तर आउनासाथ झर्कोफर्को गरेको आरोप न्यौपानेले लगाएकी छिन्।
ज्ञापनपत्र बुझ्ने क्रममा मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसकी महिला नेतृहरूलाई देखाउँदै ‘तपाईंहरू पनि हल्लाको पछि लाग्ने?’ भन्दै प्रश्न गरेका थिए। महिला नेतृहरूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मस्यौदाबारे जानकारी गराउँदा समेत मुख्यमन्त्रीले त्यसलाई गम्भीरतापूर्वक लिन चाहेका थिएनन्।मुख्यमन्त्री कार्की सुरुमा त बुझ्नकै लागि आउन मानेका थिएनन्। फोन गरेपछि हतारिदै आएका थिए। महिला नेतृहरूले बुझाउँन लागेका ज्ञापनपत्रमा पनि झर्को मानेको।न्यौपानेले भनाइ छ।सत्तारुढ दलका महिला नेतृहरू समेत उक्त कानुनको विरोधमा लागिरहेका छन्।
महिला नेतृहरूले बहुविवाहलाई मान्यता दिने गरी ल्याउन लागिएको कानुन संविधान, कानुनी मर्यादा र सामाजिक मूल्य–मान्यताविपरीत रहेको भन्दै खारेज गर्न माग गरेका छन्।




















