विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य धराशायी बन्ने खतरा रहेको बताएका छन्।
नेपाली कांग्रेस विराटनगर महानगर–४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताएका हुन्।
नेता कोइरालाले लोकतन्त्र बिना नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पार्दै बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्नेबताए। बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखेका थिए ।
नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताएका छन्। राजनीतिप्रति युवाहरूको आवश्यकता रहेको भन्दै अबको पुस्ता बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे।




















